कांग्रेस सचेतक भुसालको प्रश्न : कोरोना बिमामा किन विभेद ?

74

काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले नागरिकमाथि विभेदका विषयमा सरकारमाथि प्रश्न उठाएकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सचेतक भुसालले कोरोना बिमा कसैले पाउने कसैलाई नदिने कार्यले नागरिकमाथि विभेद भएको भन्दै प्रश्न उठाएकी हुन् ।

‘२०७७ जेठमा नेपाल सरकार र बिमासँग जोडिएका कम्पनीबीच कोरोना बिमा भुक्तानी दिने सहमति गरियो । २०७७ चैतदेखि सरकारले कोरोना बिमा भुक्तानी दिन छोड्यो,’ उनले भनिन्,‘अर्थमन्त्रीले भुक्तानी दिन बाँकी बिमित सरोकारलाई पटक–पटक आश्वासन दिनुभयो–बाँकी बिमितलाई भुक्तानी दिन्छौँ । सम्मानीय अदालतले पनि कोरोना बिमा दिनुपर्छ, यो उहाँहरुको अधिकार हो भनेर पटक–पटक आदेश गरेको छ ।’

उनले यी सबै कुरा हुँदाहुँदै भर्खर आएको बजेटले बिमितलाई सम्बोधन नगरेको भन्दै प्रश्न उठाएकी हुन् ।

‘भर्खरै करिब १८ अर्बको बजेट आयो, बिमितहरुलाई निराश बनायो । कोरोना बिमा गरेकाहरु कुरेर बस्नुभएको छ,’ उनले भनिन्,‘कसैले कोरोना बिमा पाउने कसैले नपाउने यो विभेद किन ? सभामुखमार्फत् छिटोभन्दा छिटो कोरोना बिमाको व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’

Share This:
सम्बन्धित खबर
Loading...