रोनाल्डो चम्किँदा पोर्चुगलको सहज जित

129

काठमाडौँ, २३ जेठ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले युइएफए नेसन्स लिग समूह ए २ को खेलमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ४–० को सहज जित निकाल्यो ।

पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे ।

जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्वीट्जरल्यान्ड बिना अंक पुछारमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...