मेरी छोरी कता छ्येउ

526

तोते बोलीमा बाबा भन्दै गर्दा
तिम्रा कोमल हातले स्पर्श गर्दा
म कति बेला एक्लै रून्थे छोरी
त्यो गोठ पारीको वनमा बसेर
मेरो पाहिला पच्छाउने र हात समाउने
मेरी छोरी तिमी कता छ्येउ

सबै कुरा याद छ मलाई
तिमी रुदा मैले खेतभरि डुलाउथे
रमेको पसलमा लगेर एउटा
गुडिया किनिदिएको थिएँ
त्यो खेलौना अझै मसँग छ
थाहा छैन तिमी कता छौँ
तर, तिम्रो याद मसँग छ छोरी

तिमी आज टाढा बिरानो देशमा छौँ
तर, तिम्रो याद मुटुमा छ ताजै
तिमीले बस्नुस् है भनेर जाँदा
कैयौ रात एक्लै रुदै कटाए
तिम्रो फोटो हेरेर मन बुझाए
अब कति बाँचुला र छोरी
एकपटक फर्केर आउ

म तिम्रो बाटो पर्खिबसेको छु
त्यही डाँडा जहाँ तिमी दगुरथेउ
अनगिन्ति सपना छन् जहाँ
छोरी तिमी र मसँगै बिताएका थियौँ
तिमीलाई मेरो शुभ आशिर्वाद छ
खुसी रहनु छोरी तिमी जहा छौँ

छोरी तिमी फर्केर आउँदा सायद
यो दुनियामा रहँदैन होला
तिमीले पनि तिम्रो सन्तानलाई
आकाशतिर देखाउँदै भन्नु तिम्रो
हजुरबुबा त्यहाँ हासी रहनुभएको छ
म एक पलको लागि तिम्रो
मायाको अञ्जुली लिएर आउनेछु
तर, एउटा नौलो करान्ति बोकेर
तिमी पर्खिरहनु है छोरी

प्रीतिको फूल एउटा हौँ तिमी
मनको मझेरीमा रहिरहने छौँ
यादको भारी मनमा बोकेर
तिमीलाई खोज्दै यो दुनियाँमा हराएँ
मेरो प्यारी छोरी तिमी कता छेउ
मेरो हरेक सपनामा तिमी छौँ
तिम्रो सम्झनाको पानामा म
अटाउछु कि अटाउँदिन छोरी
तिमी नै मेरी प्यारी र ज्ञानी छोरी हौँ

अनिल थापा क्षेत्री
प्युठान

Share This:
सम्बन्धित खबर
Loading...