‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्ने पार्टी एमाले : ओली

312

काठमाडौँ, १५ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्ने पार्टी भएको बताएका छन् ।

१५औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्‍याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पुर्‍याउन सबै तह र तप्कासँग एमाले सधैँ सँगै रहने ओलीको सन्देशमा उल्लेख छ ।

अध्यक्ष ओलीले गणतन्त्रमा राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या गर्दै प्रहार गर्ने काम भइरहेको आरोप लगाए ।

“जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या÷अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ,” ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,“यसले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरुप्रतिको जनताको आस्थामाथि समेत चोट पुर्‍यायो ।”

सरकार परिवर्तनपछि मुलुकमा विकासका कामहरुमा अल्पविराम लागेको र राष्ट्रिय बहसको विषय बन्न नसकेको बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...