होङ्सी सिमेन्टले राष्ट्रको अर्थतन्त्रमा योगदान गरेको छ : मुख्यमन्त्री केसी

139

काठमाडौँ, ८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले होङ्सी सिमेन्ट उद्योग सञ्चालनले नेपालको अर्थतन्त्रमा योगदान गरेको बताउँदै त्यसको सुदृढ एवं कच्चा पदार्थ सप्लार्यमा प्रदेश सरकारको तर्फबाट अझै सहजीकरण गरिदिने बताएका छन् ।

शनिबार होङ्सी सिमेन्ट उद्योग सञ्चालक समितिको आमन्त्रणमा होङ्सी सिमेन्ट उद्योग प्रालिको अबलोकन गर्ने अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा बताएका हुन् । उनले नेपालका सिमेन्ट कारखानाभन्दा आधुनिक प्रकारले सञ्चाचलन गरिरहेको बताउँदै त्यसका लागि अझै प्रभावकारी रुपमा सञ्चालन गरी सेवाग्राहीलाई सेवा प्रदान गर्नका लागि अनुरोध गरे ।

उनले नेपालको लुम्बिनी प्रदेश सिमन्ट उद्योगहरुको हबको रुपमा रहेको बताउँदै अझै हाल होङ्सी सिमेन्टले कच्चा पदार्थ मात्रै लिने गरिरहेको बताउँदै अब लुम्बिनी प्रदेशकै भूगोलमा सञ्चालनका लागि आमन्त्रण गरे । मुख्यमन्त्री केसीले भने, “यसबाट सेवा राम्रै गर्नुभएको छ, अझै लुम्बिनी प्रदेशको बीच भू–भागमा सञ्चालन गर्न आउन हुन्छ भने पनि प्रदेश सरकार सहयोग गर्न प्रतिबद्ध छ ।”

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशभित्र सिमेन्टका उद्योगहरुले अर्थतन्त्रमा ठुलो योगदान गरेको बताउँदै त्यसलाई व्यवस्थित गरी अझै सरकारले सिमेन्टको उद्योगको हबको रुपमा विकास गर्न खोजेको बताए ।

होङ्सी सिमेन्टकाका असिष्टेन्ट ज्याकले आफूहरुले नेपालको दैनिक उत्पादनलाई बढाउन र आम ग्राहकहरुलाई सुपथ मूल्यमा प्रदान गर्नका लागि रहेको बताए । उनले आफूहरुले ग्राहकहरुलाई छिटो सेवा प्रदान गर्नका लागि लुम्बिनी प्रदेशमा आउनसमेत इच्छुक रहेको बताउँदै त्यसका लागि सहयोग गरिदिन प्रदेश सरकारलाई अनुरोध गरे ।

Share This:
सम्बन्धित खबर
Loading...