काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।
मतदान गर्ने क्रममा मत संकेट गरेको मतपत्र सार्वजनिक गरेको भन्दै आयोगले भट्टराईलाई २४ घन्टाभित्र स्पष्टीकरण सोधेको हो ।
डा.भट्टराईले गोरखाबाट आज मतदान गर्ने क्रममा आफूले मत दिएको मत्रपत्र सार्वजनिक गरेका थिए ।
