काठमाडौँ, ३० वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरमा मतदान गरेका छन् ।
उनले भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदानपछि उनले जनताको आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने बताए । खानेपानी, शिक्षा, स्वास्थयलगायतका विषयमा आफ्नो पार्टीको ध्यान केन्द्रित हुने उनले बताए ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।