राजनीतिक स्थिरताकै लागि गठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्छ : पौडेल

96

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौँको शान्तिबाटीकामा आयोजित सत्ता गठबन्धनको चसनावी सभालाई सम्बोधन गर्दै पौडेलले गठबन्धनलाई कमजोर पारेर अस्थिरतालाई बलियो बनाउने प्रयास भइरहेको भन्दै राजनीतिक स्थिरताकै लागि गठबन्धनलाई बलियो बनाएर अघि बढाउनुपर्ने बताए ।

उनले संविधानलाई बचाउनका लागि गठबन्धन बनेको जिकिर गरे । एउटा पार्टीले अर्काको चुनाव चिह्नमा छाप लगाउन पाइँदैन भनेर भनिरहेको अवस्थामा संकीर्णता समातेर नभइ संविधान र लोकतन्त्र जोगाउने गठबन्धनको मिसनमा जोडिनुपर्ने उनले बताए ।

पौडेलले देशभर नै गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि एक भएर अघि बढ्नुपर्ने धारणा राखे ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन नै नहुने संदेहकाबीच स्थानीय तह निर्वाचन गराएर गठबन्धनले हिम्मत गरेको बताए । उनले जनमोर्चा कांग्रेससँग मिलेर सिद्धियो भनेर प्रचार गरिएको भन्दै केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको प्रतिगमनको विरुद्ध गठबन्धन बनेको स्पष्ट पारे ।

कार्यक्रममा सत्तारुढ गठबन्धनबाट काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार सिर्जना सिंहले आफूलाई पार्टीले मौका दिएको भन्दै आफ्नो उम्मेदवारी महिला आन्दोलनको जित भएको धारणा राखिन् । उनले महानगर प्रमुखमा निर्वाचित भए सुशासन र भ्रष्टाचारमुक्त सहर निर्माण गर्ने आफ्नो प्राथमिकतामा बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...