रेणु र सिर्जनालाई मैले नै उम्मेदवार बनाएको हुँ : देउवा

108

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै प्रस्तावमा रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी बताएका छन् ।

काठमाडौँको शान्तिबाटीकामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले आफैँले दाहाललाई भरतपुर महानगरको मेयरको उम्मेदवार बताएको बताएका हुन् ।

उनले भने,“हामी सबैले तपाईंको छोरी नउठाउनुस् भनेको भए मान्नुहुन्थ्यो । मैले राम्रो काम गरेको छ टिकट दिनुस् भनेको हो मैले । राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुस् भनेर मैले भनेको हो ।”

यसैगरी सभापति देउवाले काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन पनि आफैँले प्रस्ताव गरेको बताए । उनका अनुसार उम्मेदवार बनाउन प्रकाशमान सिंह भनेको डराएका थिए । उनले भने,“यहाँ पनि प्रकाशमान डराएका थिए । क्याहो, क्याहो स्वास्नी उठायो भन्लान्, हराइदिने हुन् कि भन्दै हुनुहुन्थ्यो ।”

प्रधानमन्त्री देउवाले पार्टीभित्रबाटै गठबन्धनको खिलापमा कुरा गर्नु दुःखद रहेको बताए । देउवाले गठबन्धन कांग्रेसको महाधिवेशनबाट पास भएको भन्दै पार्टीभित्रबाटै गठबन्धनको खिलापमा कुरा गर्नु दुःखद रहेको बताए ।

पार्टीको १४औँ महाधिवेशनले गठबन्धन आवश्यक छ भन्ने म्यान्डेट दिएको र पार्टीको केन्द्रीय समितिमा पनि गठबन्धनको खिलापमा कोही नबोलेको उनले बताए । हिजो बिपीलाई फासीको सजाय दिनुपर्छ भन्नेहरु नै गठबन्धनको खिलापमा रहेको उनले बताए ।

उनले अहिलेको संविधानअनुसार कसैले बहुमत ल्याउन नसक्ने भन्दै सबैलाई गठबन्धनका उम्मेदवार जिताउन आह्वान गरे ।

Share This:
सम्बन्धित खबर
Loading...