सबै वडामा ‘सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र’ स्थापना गर्छु : सिर्जना सिंह

135

काठमाडौँ, २३ वैशाख । पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र’ स्थापना गर्ने बताएकी छन् ।

गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आयोजना गरेको ‘शुभकामना कार्यक्रम’मा उनले आफू प्रमुखमा विजयी भए महानगरीय स्वास्थ्य प्रणालीको विकास गर्न प्रत्येक वडामा ‘सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र’ स्थापना गर्ने बताइन् ।

“ज्येष्ठ नागरिक, अपाङ्ग, अति विपन्न व्यक्तिको उपचारका लागि सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका साथै विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्दछु,” उनले भनिन् ।

नेतृ सिंहले अस्तव्यस्त काठमाडौँ महानगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन आफू लाग्ने बताइन् । “म राजनीतिककर्मी हुँ, राजनीतिक परिवारमा विवाह गरेर घर सम्हाल्दै गर्दा पद लिने अवसर पाइन, अब पद लिनका लागि तपाईंहरुका अगाडि आएको छु, मलाई प्रमुखमा विजयी गराइदिनुहुने छ भन्ने विश्वास लिएको छु,” उनले भनिन् ।

उनले काठमाडौँ महानगरभित्र बस्ने सम्पूर्ण बासिन्दाको शिर ठाडो हुनेगरी आफूले काम गर्ने बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...