पल र आँचलको ‘पल्के तिम्रो मायामा’ सार्वजनिक [भिडिओ]

149

काठमाडौँ, २२ वैशाख । गायक तथा संगीतकार आशिष अविरलको ‘पल्के तिम्रो मायामा’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । बुधबार आफ्नै युट्युब च्यानलमार्फत् अविरलले गीत सार्वजनिक गरेका हुन् ।

एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा संगीत र संगीत संयोजन अविरलकै रहेको छ । अविरलले यस गीतलाई कम्पोजर भर्सनमा गाएका हुन् । गीतको ओरिजिनल गायक भने कमल किरण हुन् ।

विकास सुवेदीको निर्देशन रहेको म्युजिक भिडिओमा कलाकार पल शाह, आँचल शर्मालगायतको अभिनय तथा नृत्य रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...