एमाले उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

124

काठमाडौँ, २० वैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)बाट उम्मदेवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौँ महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजुरीमा दाबी गरिएको छ ।

डंगोलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को कसुरमा सजाय गराइ उनले प्राप्त गरेको रकम तथा जरीबानासमेत असुल गराउन निवेदनमा माग गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...