ठुलाबडाबाट आशीर्वाद लिएर मनाइयो ईद उल फित्र

193

काठमाडौँ, २० वैशाख । देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठुलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाएका छन् ।

अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन मंगलवार ईद उल फित्र पर्व मनाइएको हो ।

यस दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठुलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ । सरकारले ईदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...