काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरुले नै गरेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले वृद्धभत्ता, अपाङ्गता, एकल महिलालगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात केपी ओलीले नभइ मनमोहन र आफूले गरेको बताए ।
उनले यसअघिको ओली सरकारले ओम्नी र यती समूहसँग मिलेर भ्रष्टाचारको काम गरेको र आफूहरुले जनताका लागि काम गरेको दाबी गरे ।
अध्यक्ष नेपालले इमान्दारिता र निष्ठाको राजनीतिका साथ जनताप्रति समर्पित हुँदै अघि बढ्ने जिकिर गरे । उनले राम्रो काम गर्न सकेमात्र मनोबल उच्च हुने भएकाले घोषणापत्रमा उल्लेख विषयलाई जनतामाझ लानुपर्ने धारणा पनि राखे ।
उनले छिटो समयमा नै जनताले विश्वास गरेर नै एकीकृत समाजवादी छोटो समयमा बलियो पार्टी हुन सफल भएको बताए । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) र एकीकृत नेकपाबीच एकता घोषणा गरिएको थियो ।