काठमाडौँ । स्थानीय तह २०७९ का लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् ।
रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा गृहमा पुगी उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डंगोलले पनि उम्मेदवारी दर्ता गराइन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुखका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, उपप्रमुखका उम्मेदवार डंगोलले काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताइन् ।