काठमाडौँ । नेकपा (एमाले)ले पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रमका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
एमालेले तयार गरेको घोषणा पत्रले सुशासन, विकास र समृद्धि समाजवादको आधारलाई प्राथमिकतामा राखेको छ । घोषणा पत्रमा अघिल्लो स्थानीय निर्वाचनदेखि हालसम्मको राजनीतिक विष्लेषण गरिएको छ ।
घोषणा पत्रमा अध्यक्ष ओलीले प्रधानमन्त्रीको रुपमा संसद् विघटन गरेको निर्णयलाई सही निर्णय गरिएको ठहर छ ।
घोषणा पत्रमा माओवादीसँगको एकता र भंग हुनुका कारण केलाउनुका साथै अबको कार्यदिशा पनि तय गरिएको छ ।
सार्वजनिक गरिएको घोषणा पत्रमा देशको समग्र विषयवस्तु समेटिको छ । आर्थिक रुपमा देशलाई कसरी माथि उठाउने भनेर पनि एमालेको आफ्नो घोषणा पत्रमा धेरै विषयवस्तु उल्लेख गरेको छ ।
स्थानीय निर्वाचन घोषणा पत्र -एमाले