एमालेले महानगर र उपमहानगरको उम्मेदवार १० वैशाखमा टुंग्याउने

300

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार (१० वैशाख) गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे छलफल भएको र यस विषयमा आगामी बैठकले टुंगो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले सातवटै प्रदेश कमिटीले गरेको सिफारिसका नाममा नै छलफल भएको बताए । गुरुङले भरतपुर महानगरबाट विजय सुवेदी, वीरगञ्जबाट विजय सरागवी र ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारको नाममात्र सिफारिस भएको बताए ।

पोखराबाट १२ जनाको नाम आएको भन्दै उनले गण्डकी र लुम्बिनीमा प्रदेश सांसद्लाई मेयर उपमेयरमा टिकट नदिइने उनले बताए । गुरुङले शुक्रबार एमालेको कार्यालय तुल्सीलाल स्मृति भवनमा उद्घाटन गरिने र घोषणा पत्र पनि सार्वजनिक गर्ने जानकारी दिए ।

त्यस्तै, शुक्रबार नै १७ जना कम्युनिस्ट नेताहरुलाई एमालेले सम्मान गर्ने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...