उम्मेदवार सिफारिस भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीबाट हटाउने एमालेको निर्णय

251

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि विभिन्न पालिका र जिल्लाबाट सिफारिस भएका नामहरु समानुपातिकतर्फका बन्द सूचीका उम्मेदवारहरुसमेत रहेकाले उनीहरुको नाम सूचीबाट हटाउने निर्णय गरेको छ ।

सोमबार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले विभिन्न पालिका र जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवार रहेका व्यक्तिहरुको पनि नाम सिफारिस भएकाले ती व्यक्तिको नाम सूचीबाट हटाउन निर्वाचन अयोगलाई लेखेर पठाउने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

बैठकले १२ ओटा केन्द्रीय विभाग गठन गर्नुका सार्थ केन्द्रीय सल्लाहकार परिषद्को संख्या १०६ बाट थपेर २७८ जना बनाएको छ । त्यस्तै, केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य थप भएको गुरुङले जानकारी दिए ।

बैठकले चुनाव रोक्ने षड्यन्त्रमा सरकार रहेको भन्दै स्थानीय तहको निर्वाचन सार्न खोजिए त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

“सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको भन्ने आभास हामीलाई भएको छ,” उनले भने,“त्यसको हामी कडा प्रतिवाद गर्छौँ, विरोध गर्छौँ । कुनै पनि हालतमा चुनाव सार्ने षड्यन्त्र निस्तेज पार्छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...