चुनावी तालमेल हितकर छैन, पार्टीको निर्णय मान्नुपर्छ : महामन्त्री थापा

260

काठमाडौँ । नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकार नभएको बताएका छन् ।

नयाँ वर्ष २०७९ सुरुवात भएको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,“गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि यो हितकर छँदै छैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु, मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ ।”

उनले संसदीय व्यवस्थामा दलहरुबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...