टी–२० श्रृङ्खला विजेता खेलाडीलाई सरकारले पुरस्कृत गर्ने

277

काठमाडौँ । सरकारले त्रिकोणात्मक टी–२० सिरिजका विजेता नेपाली टोलीका खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु २ लाख प्रदान गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले रु एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही रु एक लाख प्राप्त गर्नेछन् ।

यही चैत १४ देखि २१ गतेसम्म काठमाडौँमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको प्रतियोगितामा नेपाली राष्ट्रिय टोली विजयी भएको थियो ।

विजेता खेलाडीलाई पुरस्कृत गर्ने प्रस्ताव खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्‍मा लगेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...