दिपेन्द्रसिंह ऐरी क्रिकेट वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी

333

काठमाडौँ । नेपाली क्रिकेट टोलीका अलराउन्डर दिपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० वरीयताको अलराउन्डरतर्फ १०औँ स्थानमा उक्लिएको छ ।

आइसिसीले जारी गरेको नयाँ वरीयतामा टी–२० को अलराउन्डरतर्फ शीर्ष १० मा अटाएका हुन् । दिपेन्द्रले १५२ रेटिङ अकंका साथ नेपाली क्रिकेट इतिहासकै उत्कृष्ट वरीयतामा परेका हुन् ।

आइसिसीको कुनैपनि वरीयतामा शीर्ष १० भित्र पर्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी हुन् ।

दिपेन्द्रले श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा, बंगलादेशका कप्तान महमुदुल्लाह र अष्ट्रेलियाका मिचेल मार्र्सलाई पछि पारेका छन् । हसरंगा ११औँ, मार्स १७औँ र महमुदुल्लाह २०औँ स्थानमा छन् ।

यसअघि २०१९ मा टी–२० अलराउन्डरतर्फ पूर्वकप्तान पारस खड्का २५औँ स्थानमा थिए ।

दिपेन्द्र ब्याटिङतर्फ नयाँ वरीयतामा ३८औँ स्थानमा छन् । यस्तै, नेपाली टोलीका कुशल भुर्तेल ३६औँ, आरिफ शेख स्थानमा छन् ।

टी–२० को बलिङतर्फ नेपाली टोलीका कप्तान सन्दीप लामिछाने ३८औँ र अभिनाश बोहरा ८६औँ स्थानमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...