नयाँ वर्ष राजनीतिकरुपले स्थिर, सवल र समृद्ध बनोस् : पूर्वअध्यक्ष रेग्मी

264

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरु त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताएका छन् ।

नववर्ष २०७९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले हामी त्यसतर्फ कति केन्द्रित भयौँ, समीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ भने ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भनेका छन्,“लामो समयदेखि आर्थिक, सामाजिक र सांस्कृतिकरुपले समृद्ध हुने आकाङ्क्षा राखेका हामी नेपालीहरु आफ्नो सुखद् भविष्यका लागि अनवरत संघर्ष गरिरहेका छौँ ।”

राजनीतिकरुपले असंगतिपूर्ण अवस्थामा पुगेकै कारण कार्यपालिका, न्यायपालिका र संसद्लगायत धेरै क्षेत्र लथालिङ्गतर्फ उन्मुख रहेको बताउँदै उनले स्थानीय निर्वाचनलाई प्रत्यक्ष प्रजातन्त्रको प्रारुप पनि मान्न सकिने भएकाले हाम्रा मान्छे नभइ योग्य र राम्रा मान्छेलाई उम्मेदवार बनाउन राजनीतिक दललाई सुझाव दिए ।

Share This:
सम्बन्धित खबर
Loading...