अर्थतन्त्र समस्यामा परेका बेला गभर्नरलाई कारबाही गर्नु सरकारको गैरजिम्मेवारपन : कोइराला

222

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अर्थतन्त्र समस्यामा परेका बेला राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कोइरालाले मुलुकको अर्थतन्त्र सुधार गर्ने काम गर्न लाग्दा गभर्नरलाई कारबाही गरेर सरकारले सही काम नगरेको बताए ।

अर्थमन्त्री र गभर्नरको खटपट विश्वभर नै हुने गरेको तर नेपालमा भने अनाहक तवरले कारबाही गरिएको उनको भनाइ छ । त्यस्तै, उनले विवादित व्यक्तिलाई धमाधम नियुक्ति गर्नुको कारणबारे सरकारले जनतालाई जबाफ दिनुपर्ने बताए ।

उनले स्थानीय तहको उम्मेदवार चयनका कांग्रेसले केन्द्रबाट हस्तक्षेप गर्न नहुने उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...