रुकुम पूर्व जंगलमा भेटिएको सकेट बम सेनाद्वारा निष्क्रिय

223

रुकुम पूर्व । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२ मा भेटिएको सकेट बम निष्क्रिय पारिएको छ । वडा नम्बर २ को कोटघारीमा भेटिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

सोमबार त्यहाँका स्थानीय बासिन्दा जंगल गएको बेलामा घाँस काट्ने क्रममा बमजस्तो देखिने शंकास्पद वस्तु फेला पारेका थिए । लगत्तै उनीहरुले इलाका प्रहरी कार्यालय प्वाङमा जानकारी गराएको र प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।

योसहित सिस्ने–२ मा दुई महिनाको अन्तरालमा तेस्रो पटक बम फेला पारी निष्क्रिय गरिएको हो । गएको फागुन २६ गते दर्जन बढी बम फेला पारी निष्क्रिय गरिएको थियो भने यही चैत ११ मा पनि दुई वटा सकेट बम फेला पारी निष्क्रिय गरिएको प्रहरी निरीक्षक बानियाँले बताए ।

अहिले पनि पहिले भेटिएको ठाउँको १० मिटरको आसपासमा बम फेला परेको उनले बताए । तीनै पटक भेटिएका बमहरु सशस्त्र द्वन्द्वकालमा राखिएको हुनसक्ने प्रहरीले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...