तरलताको चाप कायमै छ, केही समय धैर्य गर्नुपर्छ : कामु गभर्नर ढुंगाना

241

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायमै रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् ।

सोमबार काठमाडौँमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुंगानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिएकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् । तरलता तथा ब्याज दरमा आएको उतारचढावका कारण समग्र अर्थतन्त्र र नागरिकले पीडा भोग्नुपरेको उनले दाबी गरिन् ।

उनले भनिन्,“अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्था छ । ब्याजदरको समेत समस्या रहेको छ । सधैँभरि सहज परिस्थिति हुँदैन । व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चय नै स्थिति सुधार हुन्छ ।”

उनले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुद पनि अझै कुल जनसंख्याको २० प्रतिशत हिस्सा गरिबीको रेखामुनि रहेको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...