पोखरेलीको मन जित्दै ‘शिरीषको फूल’

232

पोखरा । पोखरा थिएटरको गन्दर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ ले पोखरेली दर्शकको मन जितको छ ।

थिएटर मल र पोखरा थिएटरको सहकार्यमा यही चैत २४ गतेदेखि २७ गतेसम्म मञ्चन गरिएको नाटकले विशेषतः पोखरेली युवा विद्यार्थीलाई आकर्षित गरेको छ । साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृति उपन्यास शिरीषको फूल (विसं २०२०) मा आधारित नाटक भएको र विभिन्न पाठ्यक्रममा समावेश भएकाले पनि यो विद्यार्थीहरुका लागि विशेष रोजाइमा परेको हो ।

थिएटर मलका संस्थाकि तथा कला निर्देशक एवम् नाटक परिकल्पनाकार केदार श्रेष्ठले पोखरेली रंगप्रेमीको मायाका कारण उत्साह थपिएको उल्लेख गर्दै प्रतिकूल मौसमका बाबजुद दर्शकको साथ मिलेकोमा आफूहरु हर्षित बनेको बताए ।

अञ्जान प्रदीपको दिर्नेशन रहेको नाटकमा काठमाडौँ तथा पोखरेली कालाकारको जीवन्त अभिनय छ । नाटककी पात्र सकमबरीको भूमिकामा समृद्धि नेपाल, सुयोगवीरको भूमिकामा सञ्जय विश्वकर्मा, शिवराजको भूमिकामा हाङ ओ हाङ राई, मुजुराको रुपमा सविना गोपाली, सानु हेड हन्टरीकी छोरीको रुपमा अञ्जु रिमाल, भैसी गोठाल्नीको रुपमा मनिषा केसी, आदिवासी युवतीको रुपमा एलिसा भोग, मटिनचीको भूमिकामा दिप्सन विश्वकर्मा र पारिजातको भूमिकामा अञ्जु दाहाल छन् ।

नाटकले पोखरेलीको मन जित्न सफल भएकोमा आफूहरु उत्साहित बनेको निर्देशक प्रदीपले बताए । पोखरा थिएटर संस्थापक तथा क्रिएटिभ डाइरेक्टर परिवर्तनले मलसँग संस्थागत सहकार्यमा मञ्चन गरिएको नाटकले थिएटरमा रौनक थपिएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...