माधव नेपाललाई ओलीको चुनौती : संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउ त !

270

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनादेशको दूरुपयोग गर्नेहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई दिएको जनमतको दूरुपयोग भएको भन्दै उनीहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताए ।

पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको उनले बताए । आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन उनले माधव नेपाललाई चुनौती दिए ।

“५४ सिट दिइयो प्रचण्डलाई । तर, भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे । ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन । माधव नेपाल २२–२३ सिट ल्याउने हुत्ती भएको मानिस हो ? उनको नेतृत्वमा । अब ३ सिट ल्याएर देखाउन त ? तर पार्टीभित्रको कुरा दिइयो साथीहरुलाई,” उनले भने,“यो हिजोको चुनावको परिणाम हो । अब वैशाख ३० को चुनावको परिणाम र त्यसपछिको चुनावको परिणाम बेग्लै हुन्छ ।”

त्यस्तै, उनले ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको वास्तविक जनमत वैशाख ३० पछि मात्र प्रकट हुने धारणा राखे ।

उनले एमाले सरकारले नै कोरोना उपचारका लागि प्रयाप्त पूर्वाधार तयार रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...