काठमाडौँ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नयाँ वर्षको अवसरमा एक अफर घोषणा गरेको छ । २०७८ सालको अन्तिम दिन फोनपेमार्फत् भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई कम्पनीले विशेष अफर सार्वजनिक गरेको हो ।
यस अफर अन्तर्गत न्यु इयर इभका दिनमा फोनपेमार्फत् कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी) गरी २० जनाले आकर्षक अफर प्राप्त गर्नेछन् । यस अफर अन्तगर्त फोनपेमार्फत् कारोबार गर्नेमध्येबाट भाग्यशाली १० जना ग्राहक र १० जना मर्चेन्टले हेलिकोप्टरमार्फत् विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ ।
फोनपेले डिजिटल करोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्वजनिक गरेको जनाएको छ । यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोला प्रथामार्फत् घोषणा गरिने जनाइएको छ ।
यस्तै सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेका छन् । सोही दिन एनआइसी एसिया बैंक, इसेवा, लक्ष्मी बैंक, एनएमबी बैंक, मेगा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिभिल बैंक, आइएमई पे, खल्ती, प्रभुपेमार्फत् क्युआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिने छ । यसैगरी भोजडिल, फुडमाण्डु , सेल्सबेरी, डेली ग्रोसरी, खानपिनलगायतका ठाउँमा क्युआर भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट प्राप्त सकिने कम्पनीको भनाइ छ ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै, फोनपेमा हालसम्म ६ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् ।