टिकट वितरणको विषयमा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

179

धादिङ । धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ ।

हात हालाहाल हुँदा नेपाली कांग्रेसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् ।

तर, उनको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार घटना मंगलबार रातिको हो ।

आक्रमणबाट गाउँपालिका अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ ।

कांग्रेस कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाएका छन् । पाख्रिन र तामाङबबीच टिकटका विषयमा विवाद भएको बताइएको छ ।

घाइते तामाङको सत्यादेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ । आरोपति पाख्रिनलाई गएराति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान थप भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि राजनीतिक दलहरु प्रचार अभियानका साथै उम्मेदवार चयनमा केन्द्रित भइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...