स्थानीय निर्वाचनमा जनताले परिवर्तनको पक्षमा मतदान गर्नेछन् : सगुन लावती

302

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीले आगामी स्थानीय निर्वाचनमा आम मतदाताले परिवर्तनको पक्षमा मतदान गर्ने दाबी गरेका छन् ।

‘मतदाताको प्राथमिकता र मतदान गर्ने शैलीमा यस पटक परिवर्तन आउने छ । भ्रष्टाचार, बेथिति र फोस्रो नाराबाट आजित जनताले विकल्प चाहेका छन् । यसकारण विगतको मतदाता मनोविज्ञानलाई मात्र आधार मान्नु गल्ती हुने छ,’ प्रवक्ता लावतीले भने ।

राप्रपा नेता लावतीले सबै स्थानीय तहमा राप्रपाले उम्मेदवारी दिने बताए । यसै अनुरुप देशव्यापी तयारी जारी रहेको उनको भनाइ थियो ।

मिक्लाजुङ–२ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लावतीले यो विचार राखेका हुन् ।

राप्रपा भ्रष्टाचारमुक्त प्रशासन, सामाजिक विकास, रोजागर सिर्जना र आय आर्जनको पक्षमा उभिने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...