जहाजभित्र ‘अमर्यादित क्रियाकलाप’ गरेको भन्दै धमलालाई प्रेस काउन्सिलल सोध्यो स्पष्टीकरण

195

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै काउन्सिलले प्राइम टाइम्स टेलिभिजनका पत्रकार धमलालाई स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानभित्रै अनुमतिबिना र विमानका कर्मचारीले दृष्य खिच्न तथा प्रधानमन्त्रीलाई भेट्न मिल्दैन भन्दाभन्दै पनि धमलाले जबरजस्ती दृष्य खिचेर सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।

यसअघि नेपाल बार एसोसिएसनको आन्तरिक बैठकमा पनि धमला जबरजस्ती प्रवेश गरेको विषय पनि काउन्सिलले नोटिस गरिरहेको जनाएको छ ।

पत्रकार तथा सञ्चारमाध्यमले सूचना संकलन, सम्प्रेषण सभ्य र शिष्टरुपमा गर्नुपर्ने विषय स्मरण गराउँदै काउन्सिलले भनेको छ, “सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायुसेवाका सम्बद्ध कर्मचारीले प्रशारण गर्न नमिल्ने भन्दा भन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलपूर्वक निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृष्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटक पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ?”

Share This:
सम्बन्धित खबर
Loading...