गठबन्धन गर्दा महिला अधिकार सुनिश्चित हुनुपर्छ : उपसभामुख शर्मा

249

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्थानीय निर्वाचनमा हुने जुनसुकै गठबन्धनमा महिला अधिकार सुनिश्चित हुनुपर्ने बताएकी छन् ।

राष्ट्रिय महिला आयोगद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिक सहभागिता र सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उनले गठबन्धनका नाममा महिला अधिकार कुण्ठित गर्न नहुने बताइन् ।

निर्वाचनमा गठबन्धन गर्ने पार्टीबीच प्रमुख, उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष पदमा एकजना महिला हुनुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले भनिन्,“संवैधानिक हक अधिकारका लागि महिलाले संगठित पार्टीमा सशक्तरुपमा भूमिका खेल्नुपर्नेमा आवश्यकता औँल्याइन् ।

संवैधानिक अधिकारअनुसार मुलुकका सबै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता गराउन राजनीतिक पार्टी एवम् निर्वाचन आयोगको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्दै उपसभामुख शर्माले त्यसका लागि महिला नेतृत्व विकास र उद्यमशील हुँदै आर्थिकरुपमा सशक्त भएर अघि बढ्नुको विकल्प नभएको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...