‘नलाऊ माया दुईतिर… भनेर गीत गाउनेहरु तीनतिर पो भइयो’

331

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा नायिका रेखा थापाबीच विमानस्थलमा जम्मकाभेट भएको छ ।

एयरपोर्टमा तीन जना एक साथ बसेको तस्बिर डा.भट्टराईले सामाजिक सञ्जालमा राखेका छन् । एक ताका माओवादीमै रहेका तीन जनाबीचको जम्काभेटपछि भट्टराईले ‘नलाऊ माया दुईतिर… भनेर गीत गाउनेहरु तीनतिर’ भएको भन्दै ठट्टा गरेका छन् ।

“एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट,” उनले भने,“ ‘नलाऊ माया दुइतिर…’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।”

एकताका एकसाथ रहेका उनीहरु अहिले तीनै जना तीन पार्टीमा छन् । भट्टराई जसपा, पुन माओवादी केन्द्रमै र थापा राप्रपामा छिन् ।

Share This:
सम्बन्धित खबर
Loading...