श्रीलंकामा आर्थिक संकट : मन्त्रीहरुले दिए सामूहिक राजीनामा

306

काठमाडौँ । श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ । आइतबार अबेर राति त्यहाको मन्त्रिपरिषद्का सबै मन्त्रीले राजीनामा दिएका छन् ।

श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरुले राजीनामा बुझाएको जानकारी दिए ।

तर, त्यसरी मन्त्रीहरुले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन् ।

श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ ।

यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० जनाभन्दा बढीलाई पक्राउ गरिएको थियो ।

आर्थिक मन्दीको विरोधमा उनीहरुले कर्फ्यु तोडेर सरकारविरुद्ध र्याली निकालेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...