प्रधानमन्त्री देउवाले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

244

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त प्रेस सम्मेलनमा सम्बोधन गर्दै देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

दुई पक्षीय उच्चस्तरीय भ्रमणले साझा सहमति निर्माणमा सहयोग पुर्याउने प्रधानमन्त्री देउवाको भनाइ थियो । “म मोदीजीलाई नेपाल भ्रमणको निम्तो दिन्छु,” उनले भने ।

यसअघि सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, विकास र प्रगतिमा भारत सधैँ साथमा पनि रहेको बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...