प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रुपमा गरे जनकपुर–जयनगर रेल सेवाको उद्घाटन

274

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले नयाँदिल्लीबाट रिमोट थिचेर रेल सेवाको उद्घाटन गरेका हुन् ।

नेपाल र भारतका प्रधाानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...