नेपाल एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट बच्यो

259

काठमाडौँ । नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठुलो दुर्घटनाबाट बचेको छ । काठमाडौँका लागि उड्न तयार भएको जहाज रनवेमा दौडिरहेका बेला एक्कासी दुर्वतर्फका टायर पन्चर भएको थियो ।

आरए ४०२ जहाज उड्नका लागि धावनमार्गमा कुदिरहेको बेला एक्कासी दुवै तर्फको टायर पन्चर भएको र विमानका चालक र सहचालहरुको सुझबुझका कारण दुर्घटना टरेको नेपाल उद्योग महावाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य भुषण राजलवटले उल्लेख गरेका छन् ।

“जहाज धावनमार्गमा उड्नका लागि स्पिड लिइरहेको बेला दुवै तर्फको टायरको प्रेसर आवश्यकताभन्दा धेरैभै स्पिड कन्ट्रोल गर्ने क्रममा दुवै तर्फको चक्का को हवा पन्चर भएको थियो,” उनले भनेका छन्,“पाइलट र कोपाइलटको सुझबुझ र भगवानको कृपाले बाँच्यौँ ।”

त्यसपछि सबै यात्रुलाई बाहिर निकालिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...