गृह मन्त्रालयद्वारा ४ जिल्लाका सिडिओको सरुवा

197

काठमाडौँ । गृह मन्त्रालयले बर्दिया, प्युठान, अर्घाखाँची र कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्युठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्रकुमार मिश्रलाई सिडिओ बनाएर पठाइएको छ ।

यसअघि बर्दियामा सिडिओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ ।

यसैगरी कपिलवस्तुका सिडिओ चक्रपाणि पाण्डे र प्युठानका सिडिओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तथा अर्घाखाँचीका सिडिओ हरिप्रसाद घिमिरेलाई राष्ट्रिय विपद् प्राधिकरणमा तानिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...