प्रगतिशील लेखक संघ नुवाकोटको अध्यक्षमा रामहरि गजुरेल

273

नुवाकोट । प्रगतिवादी लेखक तथा साहित्यकारहरुको साझा मञ्च प्रगतिशील लेखक संघ नुवाकोटको अध्यक्षमा पत्रकार रामहरि गजुरेल ‘संकल्प’ सर्वसम्मत चयन भएका छन् ।

विदुरमा भएको चौथो जिल्ला अधिवेशनले गजुरेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिवमा सुमित्रा पौडेल ‘सुमी’, सहसचिवमा विविना लामिछाने र कोषाध्यक्षमा सम्भु गजुरेल ‘अज्ञानी’ चयन भएका छन् ।

समितिको अन्य सदस्यहरुमा प्रदीपकुमार भट्ट, दुर्गा पनेरु, राजकुमारी खड्का, शुसिला नेपाल, काजी खान, रामेश्वर गजुरेल, सुदन लामिछाने र कोपिला अर्याल चयन भएका छन् ।

नेपालकै पहिलो र प्रगतिवादी लेखक तथा साहित्यकारहरुको साझा संगठनको रुपमा २००९ सालमा स्थापना भइ लामो इतिहास यस संघले बोकेको चर्चा गर्दै यसै अधिवेशनको क्रममा लेखकहरुले यसले समाज परिवर्तनमा सशक्त भूमिका निभाउनुपर्ने बताए ।

निवर्तमान अध्यक्ष राजकुमार पुत्ला, पूर्वअध्यक्ष नवदीप अजनवी, पूर्वउपाध्यक्ष रामप्रसाद प्याकुरेल, पूर्वसचिव बद्री प्याकुरेल, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, उपाध्यक्ष जमुना गजुरेल, सचिव जगदीश खनाल, लेखक संघका पूर्वसहसचिव तथा प्रतिवादी लेखक ज्वालामुखी, कवि विवेक ढकाल, लेखक नारायण नेपाल, ध्रुव पुडासैनी, रामराजा तिमल्सिनालगायतले लेखन र साहित्यमार्फत् समाजलाई परिवर्तन तथा न्यायपूर्ण समाज निर्माणमा निर्देशित गर्न अग्रसर हुनुपर्ने धारणा राखेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...