नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व : उपेन्द्र यादव

254

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताएका छन् ।

कपिलवस्तुको कृष्णनगरमा आयोजित पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मधेसका कतिपय नागरिक अझै पनि नागरिकताबाट वञ्चित रहेको उल्लेख गरे । तराईमा जनसंख्या धेरै भए पनि कुनै पनि निकायमा यहाँका नागरिकको प्रतिनिधित्व कम रहेको उनको भनाइ थियो ।

शिक्षा, आर्थिक र जातीय हिसाबले पछाडि परेका नागरिकलाई सरकारले लगानी गरी माथि उकास्नुपर्ने अध्यक्ष यादवले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...