प्रतिगमनको खतरा अझै टरेको छैन : नारायणकाजी श्रेष्ठ

380

गोरखा । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले देशमा प्रतिगठमनको खतराको अझै टरी नसकेको बताएका छन् ।

बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले संविधान विरोधी शक्तिबाट देशमा प्रतिगमन खतरा बाँकी नै रहेको बताए ।

संविधानको रक्षाका लागि दलीय गठबन्धन गरेर अघि बढ्नु परेको उल्लेख गर्दै उनले अझै पनि केही राजनीतिक दल गठबन्धनमा विभाजन ल्याएर देशलाई प्रतिगमनतर्फ लैजान प्रयास गरिरहेको जिकिर गरे ।

“प्रतिगमनको खतरा अझै टरेको छैन,” उनले भने,“शान्ति र संविधानको रक्षाका लागि सबै सचेत हुनु जरुरी छ ।” नेता श्रेष्ठले जनमुखी विकास गरेर देशलाई परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । “नेपालको संघीयता विशेष प्रकारको रहेको छ,” उनले भने,“संघीयता स्थापित भएसँगै नेपाली जनताको अधिकार संघ प्रदेश हुँदै गाउँसम्म पुगेको छ ।”

माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्धले देशमा संघीयता स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको कुरालाई कसैले नकार्न नसक्ने उल्लेख गर्दै उनले अब विकास र समृद्धिमार्फत् संघीयताको मर्म र भावना जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...