टर्कीलाई हराउँदै पोर्चुगल विश्वकप छनोट नजिक

309

काठमाडौँ । टर्कीविरुद्धको खेलमा सहज जित निकाल्दै पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट नजिक पुगेको छ ।

कतार विश्वकप छनोट अन्तर्गतको प्ले अफको सेमिफाइनलमा पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ओटाभियो, डिएगो जोटा र म्याथियस लुइजले एक–एक गोल गरे । टर्कीका बुराक यिल्माजले सान्त्वना गोल फर्काए ।

खेलको १५औँ मिनेटमा ओटाभियोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै, खेलको ४२औँ मिनेटमा ओटाभियोकै पासमा डिएगो जोटाले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए ।

खेलको ६५औँ मिनेटमा टर्कीका कुराक यिल्माजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । निर्धारित समय सकिन ५ मिनेत बाँकी रहँदा टर्कीले बराबरी गर्ने सुन्दर मौका पाएको थियो । बुराकले प्रहार गरेको पेनाल्टी गोल हुन सकेन ।

इन्जुरी समयमा म्याथियस लुइजले गोल गरे । योसँगै टर्कीलाई ३–१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्लेअफको फाइनलमा पुगेको छ ।

अब पोर्चुगलले प्लेअफको फाइनलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...