इजेड वर्ल्ड वाइड रेमिट र इसेवा मनी ट्रान्सफरबीच सम्झौता, ४० मुलुकबाट रेमिट्यान्स् पठाउन सकिने

284

काठमाडौँ । नेपालको रेमिट्यान्स् बजारमा बलियो उपस्थिति जनाउँदै आइरहेको इसेवा मनी ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बिएफसी बेंक अन्तर्गत रहेको इसेड रेमिट (EzRemit)बीच रेमिट्यान्स् भूक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफरमार्फत् नेपालमा पैसा पठाउँन सकिने छ । सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सिइओ अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसरसमेत रहेका कार्यबहाक सिइओ मुजाहिद मलिकले हस्ताक्षर गरे ।

सम्झौता बारे बोल्दै इसेवा मनी ट्रान्सफरका सिइओ अजेस कोइरालाले भने, “इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । यस रेमिट्यान्स सम्झौतामार्फत् इसेवा मनी ट्रान्सफरले नेपालीहरुलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ र यसैगरी सकेसम्म धेरै विदेश गएका नेपालीहरुलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ ।”

इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामा डिपोजिट गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिने छ ।

त्यस्तै, इजेड रेमिटको शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालभरि रहेका इसेवा मनी ट्रान्सफरका १२ हजार बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभरि रहेका १ लाख ३० हजार बढी एजेन्ट नेटवर्कबाट पनि तुरुन्तै रकम प्राप्त गर्न सकिने छ । साथै, पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगइ सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । सातै इसेवा मनिमार्फत् आएको रकम प्रभु भ्यानेजमेन्ट अन्तर्गत रहेका सहकारी संस्थाहरुबाट समेत भुक्तानी लिन सकिने छ ।

सन् २००३ मा स्थापना भएको इजेड रेमिट लन्डनमा रहेर विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको सस्तो, छिटो र भरपर्दो रेमिट कम्पनी हो । बहराइनमा रहेको बिएफसी ग्रुप होल्डिङस् ९बिएफसी० ग्रुपको मातहतमा रहेर रहेर सञ्चालन हुँदै आएको छ । उक्त रेमिट कम्पनी हाल संसारका ४० भन्दा बढी मुलुकमा विस्तार भएका ५५ हजार बढी नेटवर्कका माध्यम हुँदै संसारका अधिकांश मुलुकमा रेमिट्यान्स सेवा प्रदान गरि रहेको छ ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यममार्फत् २०० भन्दा बढी देशहरुबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १० हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवा वालेटका १ लाख भन्दा ३० हजारभन्दा बढी एजेन्ट÷क्यास प्वाइन्टमार्फत् पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

Share This:
सम्बन्धित खबर
Loading...