भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म तिरेर बिजुली किन्दै प्राधिकरण

220

काठमाडौँ । नेपाल विद्युत् प्राधिकारणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ । प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको भाउ निकै बढेकाले नेपालको मागलाई धान्न महँगोमा बिजुली किन्न लागिएको बताए ।

बिहीबार प्राधिकारणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले बिजुली ल्याउन नेपालले उच्चतम शुल्क प्रस्ताव गर्ने बताएका हुन् ।

भारतको खुला बजारबाट नेपालले यसअघि औसतमा ८ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्दै आएको थियो ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढेपछि भारतका पावर प्लान्टले भनेजति बिजुली उत्पादन गर्न सकिरहेका छैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...