बागलुङमा लैंगिक सचेतनासम्बन्धी कार्यक्रम

241

बागलुङ । पितृ सत्तात्मक सोचका कारण हाम्रो समाजमा आज पनि लैंगिक विभेदका घटनाहरु दिनहुँ घटिरहेका छन् । हाम्रा आनीबानी व्यवहारहरुमा परिवर्तन आउन नसक्दा आज पनि घरेलु हिंसा, महिलामाथि हुने विभेद समाजमा व्याप्त छ । यस्ता खाले घटना न्यूनीकरण गर्न विभिन्न संघ संस्थादेखि सरकारले विभिन्न सचेतना जगाउने कार्यक्रम गरिरहेका छन् ।

गलकोट नगरपालिकाले नगरभित्र लैंगिक हिंसा न्यूनीकरण गर्दै सभ्य समाज निर्माण गर्ने उद्देश्यले सचेतना कार्यक्रम गर्दै आइरहेको छ । ‘घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ सुरु भएको अभियान गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा मंगलबार सचेतना कार्यक्रम सकिएको छ ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले लैंगिक हिंसा न्यूनीकरण गर्न हाम्रो सोच र व्यवहारमा सकरात्मक परिवर्तन गर्नुपर्ने बताएकी छन् ।

उनले लैंगिक समानतालाई विकास र समृद्धिका सवालका रुपमा समाजमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धि स्थापना हुन नसक्ने उल्लेख गरिन् ।

नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामुलक सिद्वान्तको आधारमा समतामुलक समाज निर्माण गर्ने संकल्प गरेपनि व्यवाहारमा लागु हुन नसक्दा हिंसाका घटनाहरुमा कमि आउन नसकेको उनले बताइन् ।

सो अवसरमा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्मा, गलकोट नगर कार्यपालिका सदस्य शिव कुमारी खत्री, गलकोट नगरपालिका वडा नम्बर ७ का कार्यबाहक वडा अध्यक्ष लोकबहादुर थापा, वडा सदस्य मिना दर्जीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागी महिलाहरुलाई समाजमा लैंगिक विभेद न्यूनीकरण कसरी गर्ने, घर तथा समाजमा महिलाको वर्तमान अवस्था, महिला हिंसाका मुख्य कारणहरु, नेतृत्व विकास कसरी गर्ने लगायतका विषयमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्य थम्मन थापा सन्देश, गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलबहादुर विक र कान्तिपुरका बागलुङ संवाददाता प्रकाश बरालले सहजीकरण गरेका थिए ।

उक्त सचेतना कार्यक्रममा गलकोट नगरपालिका–७ स्थित महिला समूहका झन्डै ६० जनाको सहभागिता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...