उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आचार संहिता रोक्न अन्तरिम आदेश

256

काठमाडौँ । सर्वोच्च अदालतले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बाहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचार संहिता रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

जनप्रतिनिधिले पदमा बहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायत निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।

सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचार संहिताको सो व्यवस्था तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि भने रिट निवेदक र विपक्षी दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...