जनयुद्धका घाइते भक्त रानालाई भेट्न वीर अस्पताल पुगे प्रचण्ड

321

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ जनयुद्धका घाइते पूर्वजनमुक्ति सेना भक्त राना मगरलाई भेट्न वीर अस्पताल पुगेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि राना वीर अस्पताल भर्ना भएका हुन् ।

मकवानपुरको झुरझुरेमा घाइते भएका राना शान्ति प्रक्रियापछि वाइसिएलको जिम्मेवारी रही काम गर्दै आएका थिए । टाउकोमा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसकारण दुवै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

अहिले उनको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकको सहयोगले रानाको उपचार भइरहेको छ ।

अध्यक्ष प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग परामर्श गर्नुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

राना काभ्रेको महाभारत गाउँपालिका निवासी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...