पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

260

काठमाडौँ । पूर्वमन्त्री तथा समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष प्रेमबहादुर सिंह र अभिनेत्री करिष्मा मानन्धर आज नेकपा (एमाले)मा प्रवेश गर्दै छन् ।

पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको दल नै एमालेमा समाहित हुन लागेको हो । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय (थापाथली)मा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सिंह २०७३ सालमा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेका थिए ।

यस्तै अभिनेत्री मानन्धरले डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट दलगत राजनीति सुरु गरेकी थिइन् । तर, पछि निष्क्रिय रहिन् । अहिले फेरि एमालेबाट राजनीतिक यात्रा अगाडि बढाउन लागेकी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...