श्रममन्त्री श्रेष्ठ युएइ प्रस्थान

313

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्स (युएइ) सेसेल्स र कतारको भ्रमणका लागि सोमबार प्रस्थान गरेको छ ।

नेपाल–युएइ संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा युएइ पुगी अलपत्र परेका नेपालीको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएइ प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का छन् ।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...