नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युत्‌को पहुँच पुर्‍याएँ : कुलमान घिसिङ

286

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युत्‌को पहुँच पुगेको बताएका छन् ।

सोमबार काठमाडौँको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको विद्युत्‌को पहुँच ९५ प्रतिशतमा पुर्‍याइएको बताए ।

उनले कर्णालीको विकट ठाउँहरुमा अझै पनि विद्युतको पहुँच पुग्न नसकेको भन्दै छिट्टै सबै स्थानमा विद्युत पुर्‍याइने जानकारी दिए ।

दुरदराजमा रहेका जनतालाई विद्युत पुर्‍याउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उनको भनाइ छ । घिसिङले डोल्पा, मुगु, हुम्लामा विद्युतको पहुँच अझै पनि सहज नरहेको अवस्थामाा सबै स्थानमा केन्द्रीय प्रशारणको विद्युत पुर्‍याउने बताए। उनले विकट गुम्बामा पनि विद्युतको पहुँच पुर्‍याउन प्रतिबद्ध रहेको धारणा राखे ।

Share This:
सम्बन्धित खबर
Loading...